सेबोनको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपालको पूँजीबजारको नियामक निकायका सेबान अध्यक्षका लागि जसमा कार्यकारी निर्देशक डा. नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम समावेश थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन्तोष नारायण श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

२०८० पुस २१ गतेदेखि रिक्त रहेको अध्यक्षपदका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here