काठमाडौं । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले आज सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् ।
यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । उनीसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए ।
अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् । त्यस्तै उनले यसअघि यादव आमरण अनशन पनि बसेकी थिइन् ।