भारतकाे तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दक्षिण भारतीय राज्य तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। मुलुगु केन्द्र बिन्दु भएर भूकम्प गएकाे भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

धक्कापछि केही स्थानमा मानिसहरू घरबाहिर निस्किएका थिए। भुकम्पबाट भएको क्षती बारे हालसम्म कुनै पनि खबर आएको छैन। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, स्थानीय समयानुसार बुधबार बिहान ७:२७ मिनेटमा भूकम्प आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here