काठमाडौं । फ्रान्समा ३ महिना अघि मात्र बनेकाे सरकार ढलेकाे छ । ६२ वर्षपछि पहिलोपटक अविश्वास प्रस्तावबाट सरकार ढलेको हाे ।
अविश्वास प्रस्ताव बहुमतले पास भएपछि प्रधानमन्त्री बाट मिशेल बर्निये पदमुक्त भएका छन् ।
फ्रान्समा यसअघि अविश्वास प्रस्तावबाट सरकार सन् १९६२ मा सरकार ढलेकाे थियाे ।
सोमबार दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरुले प्रधानमन्त्री मिशेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएकाेमा बहुमतले पास भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।