काठमाडौं । नेपाल प्रहरीले १ हजार २ सयभन्दा बढीका लागि जागिर खुलाएको छ । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलेको हो ।
जसमध्ये प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी भान्छे पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो । इच्छुकले मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म फारम भर्नसक्ने बताइएको छ । जवान पदका लागि फारम भर्न ३०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ६० रुपैयाँ दस्तुर लाग्दछ ।
त्यस्तै कार्यालय सहयोगी पदका लागि भने २०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ४० रुपैयाँ दस्तुर लाग्दछ ।
जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ । कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।