निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीलाई न्युनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको छ ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले ओभर टाईमको अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने समेत निर्णय गरेको छ।

त्यस्तै स्वास्थ्य तथा शैक्षिक संस्थाले करार ९नियुक्ति सम्झौता गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाईने, सक्कल शैक्षिक लब्धांक पत्रहरू कार्यालयले राख्न नपाइने पनि निर्णयमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here