भारतमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिदा दुर्घटना भएको हाे ।

मृतकमा नौसेनाका तीन जवान पनि रहेकाे भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धारकर्ताले १०१ जनालाई बचाएका छन् ।

स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको बताइएकाे छ।

साे दुर्घटनाका मृतकका परिवारलाई राज्य सरकारले ५/५लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here