बचत गर्ने उपाय, खाजा सँगै : तिर्दा छुट्टाछुट्टै

पैसा जोगाउने र बचत गर्ने चाहना सबैलाई हुन्छ । तर, चाहँदा चाहादै पनि सबैले पैसा जोगाउन सकिरहेका हुदैनन् । तपाई साच्चै पैसा जोगाउन चाहनुहुन्छ भने तल दिएका उपाय काम लाग्न सक्छन् ।

  •  जबसम्म खर्च घटाउनु हुन्न तबसम्म बचत हुन सक्दैन । त्यसैले आफ्ना खर्चका शिर्षक केलाउनुहोस । ती मध्ये कुन  बढी महत्वपूर्ण हुन र कुन कम महत्वपूर्ण हुन छुट्टयाएर त्यसको आधारमा पैसा खर्च गर्नुहोस ।
  • अफिसका साथिसँगै खाजा खान जाने गर्नुहुन्छ भने ‘गोइङ् टुगेदर, पेईङ् सेपरेट’ (सँगै खाने तर अलग–अलग तिर्ने) नीति अपनाउनुहोस । सबै साथीहरूको बिल आज तपाईले तिर्ने र भोलि अर्काले तिर्नु नराम्रो त होईन ।  तर, सबै साथीहरू एकै प्रकारका हुदैनन । आफ्नो पालोमा उनीहरूले पैसा नर्तिने बाहाना गर्न सक्छन् । यस्तो स्थितीमा तपाईको मात्र खर्च बढी हुन सक्छ । आज साथीले खाएको खाजाको पैसा नतिर्दा भोलिलाई तपाईको खाजाको लागि पैसा बचत भईरहेको हुन्छ ।
  • तपाईको तलब बढेको छ ? पदोन्नती भएको छ ? कुनै खुशिको दिन हो ? यस्तो बेलामा सतर्क  हुनुहोस । साथीहरूबाट शुभकामनाका साथै भोजभतेरको आग्रह पनि आउन सक्छ । साथीहरूले भनेकै भरमा अनावश्यक खर्च गर्दा तपाईको पैसा धेरै खर्च हुन्छ । यस्तो अवस्थामा आफ्नो वास्तविक धरातल नबिर्सनुहोस । आवश्यक ठानेमा मात्र उचित पैसा खर्च गर्नुहोस । यस्ता क्षेत्रमा प्रयोग हुने पैसालाई वचत गर्न सकेमा त्यसले भोलिका दिनमा ठूलो आर्थिक समस्या सुल्झाउन सकिनेछ ।
  • तपाई श्रीमान–श्रीमती र साना छोराछोरी सँगै किनमेल गर्न जादै हुनुहुन्छ ? त्यसो हो भने बिचार पु¥याउनुहोस । तपाईका छोराछोरीले बजारमा देखिने आकर्षक सबै वस्तु किन्न जिद्धी गर्न सक्छन् । उनीहरूको माग अनुसार किनमेल गर्दा धेरै खर्च हुन सक्छ । तपाईका बाल–बच्चा र श्रीमान–श्रीमतीको बढी ढिपी गर्ने बानी छ भने किनमेल गर्दा उनीहरूलाई साथै नलैजानुहोस । आवश्यकता अनुसार आफैले सामान खरिद गरी उनीहरूको आवश्यकता पुरा गर्नुहोस । होटल तथा रेष्टुरेण्टमा खाना खाने बानी छ भने अव तपाईले घरमै त्यो भन्दा निकै राम्रा परिकार बनाएर त्यसमा केहि कम गर्न शुरू गर्नुहोस । घर बाहिर खानाका लागि जति खर्च लाग्छ त्यसले त तपाईको परिवारलाई खान खुवाउन पुगेर पनि बचत हुन सक्छ । बाहिरको खानाको तुलनामा घरमै पकाएर खादा तपाईको स्वास्थ्य बिग्रने सम्भावना पनि कम हुन्छ । यसले स्वास्थ्य उपचार  खर्च पनि कम हुन्छ ।
  • पैसा बचत गर्न तपाईले जहा पायो त्यहि किनमेल गर्न छोड्नुहोस । किनमेल गर्न जादाँ धेरै मोलतोल ( बार्गेनिङ) गर्नुहोस । वस्तुको परिमाण भन्दा गुणस्तरलाई ध्यान दिनुहोस । आज तपाईले किनेको गुणस्तरीय वस्तुले लामो समयसम्म त्यसको आवश्यकता टर्न सक्छ । यसले वचत गर्न सहयोग पु¥याउछ ।
  • लामो समय सम्म फेला नपरेको÷डुबेको तपाईको पैसा उठ्ती भएको छ ? चिट्ठा, उपहार मार्फत ठूलो रकम हात परेको छ । यदि हो भने, त्यसलाई सहि सदुपयोग गर्नुहोस । त्यत्तिकै आएको त हो भनेर अनावश्यक खर्च नगर्नुहोस । तपाईले कसैलाई ऋण दिनु भएको छ भने समयमै उठाउनुहोस । लामो समय भएपछि ऋण उठाउन अप्ठ्यारो पर्नसक्छ ।
  • नियमित बचत गर्ने बानी आजैदेखि शुरू गर्नुहोस । आजको सानो वचतले पूँजी निर्माणमा ठूलो सहयोग हुन्छ । आजको साथसाथै भोलिको बारेमा पनि सोच्नुहोस । भोलिका लागि केहि वचत गर्नुहोस । बचत सकेसम्म बैङ्किङ प्रणाली अन्तर्गत गर्नुहोस ।

निष्कर्षमा के भन्न सकिन्छ भने, पैसा जोगाउन सजिलो छ । यदि तपाईको दृढ इच्छा छ भने ।  प्रत्येक पटक खर्च गर्नु अघि एक पटक सोच्नुहोस । तपाई कहाँ र किन खर्च गर्र्दै हुनुहुन्छ ? त्यसको उपयोगिता के र कति छ ? यत्ति कुरामा मात्र ध्यान दिन सक्नुभयो भने छिट्टै तपाईले सोचेको भन्दा बढी बचत गर्न सफल हुनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here