सहकारीको रकम अपचलनमा रकम भुक्तानी गर्न चाहेमा मिलापत्र गर्न सकिने

काठमाडौं । अब सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिले पनि रकम भुक्तानी गर्न चाहेमा मिलापत्र गर्न सकिने भएको छ । सरकारले रकम भुक्तानी गर्न चाहेको अवस्थामा मिलापत्र हुने सक्ने व्यवस्था गरेको हो । सरकारले अध्यादेशमा उक्त व्यवस्था गरिएको हो ।

‘प्रतिवादीउपर कुनै अदालतमा चलेको बचतकर्ताको बचत भुक्तानी दिन नसकेको वा बचत हिनामिना गरेको वा सहकारी ठगी गरेको भनी ऐनको दफा १३० बमोजिम मुद्दा दायर भई अदालतमा विचाराधीन रहेको मुद्दा वा प्रचलित कानुनबमोजिम मिलापत्र गर्न सकिने व्यवस्था छ’अध्यादेशमा उल्लेख छ ।

त्यसैगरी मिलापत्र गर्न सकिने अन्य फौजदारी मुद्दामा सदस्यको बचत रकम वा हिनामिना भएको बचत फिर्ता गरेकाले मिलापत्र गराई पाउँ भनी निवेदन दिए मिलापत्र गर्न सकिने छ । तर प्रचलित कानुनबमोजिम मिलापत्र हुन नसक्ने संगठित अपराध, सम्पत्ति शुद्धीकरण र अन्य फौजदारी कसुरसँग सम्बन्धित मुद्दामा भने मिलापत्र गर्न नसकिने स्पष्ट उल्लेख छ ।

फैसला कार्यान्वयनको चरणमा मिलापत्र गर्न चाहेको अवस्थमा पनि गर्न सकिने व्यवस्था रहेको छ । तर त्यसरी मिलापत्र भएकोमा प्रतिवादीलाई लागेको दण्ड जरिवाना र बिगो तिर्नु, बुझाउनुपर्ने छैन र कैदको समेत लगत कट्टा हुनेछ ।

मुद्दा मिलापत्र गर्दा प्रतिवादीको चल÷अचल सम्पत्ति रोक्का फुकुवा गर्नुपर्ने भए सो फुकुवासमेत गरी सम्बन्धित अदालतले मिलापत्र कार्यान्वयन गरिदिनुपर्नेछ । मिलापत्र गर्दा एकभन्दा बढी प्रतिवादी भए सम्बन्धित प्रतिवादीको बिगो यकिन भएको छ भने आफ्नो हकको बिगो भुक्तान गरी मिलापत्र गर्न सकिने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here