आगामी एक सातासम्म पानी पर्ने

काठमाडौं । नेपालमा आगामी एक सातासम्म पानी पर्ने मौसमविदहरुले बताएका छन्। मौसमविद्हरुका अनुसार आजदेखि पर्सिसम्म वर्षा अझ बढ्ने सम्भावना रहेको बताएका हुन्।

हिजाे राति कोशी प्रदेशका अधिकांश स्थानसहित बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमसम्मका विभिन्न क्षेत्रमा वर्षा भएको छ। आज दक्षिणी नेपालका विभिन्न स्थानमा चट्याङसहितको मेघगर्जनको भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ः२६ बजेसम्म पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा झापाको चन्द्रगढीमा मापन भएको छ। महाशाखाका अनुसार चन्द्रगढीमा पछिल्लो एक घण्टामा २३.४ मिलिमिटर वर्षा भएको हो। हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।