पाकिस्तानकाे आक्रमणमा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको दाबी

काठमाडौं । पाकिस्तानले २४ डिसेम्बरको आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ। तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो ।

मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले बताए ।

तालिबान अधिकारीहरुका अनुसार वजिरिस्तानाका शरणार्थीहरुलाई निशाना बनाइएको छ ।

आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here