काठमाडौं । कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै नेपाल स्टक एक्स्चेन्जले कम्पनीको कारोबार रोक्का गरेको हो ।
कारोबार रोक्का हुनुअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँ छ ।
कम्पनीको निष्क्रिय कर्जा ४० प्रतिशत नाघेपछि राष्ट्र बैंकले यसको व्यवस्थापन सम्हालेको हाे ।
समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् ।