दक्षिण कोरियाका निलम्बित राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

उनले ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विपक्षी दलसमेतको विरोधपछि उनीले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए ।

उनले चालेको कदमको विषयमा भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म उपस्थित राष्ट्रपति योललाई भनेका थिए । तर, उनी उपस्थित नभएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै सोमबार मात्रै राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जीको अनुमति माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here