सगरमाथा क्षेत्रमा निकुञ्ज र स्थानीयको अवरोध, उडान स्थगन

यसबाट यात्रुमा पर्ने असुविधा प्रति संघले क्षमा पनि मागेको छ।

काठमाडौं । हेलिकप्टर कम्पनीहरूले तत्कालका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा उडान रोकेका छन् । वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उडान स्थगन गरिएको जानकारी दिएको हो ।

राष्ट्रिय निकुञ्ज र पासाङ ल्हामु गाउँपालिकाका स्थानीयहरूले अवरोध गरेकाले उडान रोकिएको संघका प्रथम उपाध्यक्ष प्रताप जंघ पाण्डेले जानकारी दिए।हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभुति नभएसम्म उक्त क्षेत्रका सम्पूर्ण उडान आजबाटै स्थगन गरिएको उनले बताए ।

साथै यसबाट यात्रुमा पर्ने असुविधा प्रति संघले क्षमा पनि मागेको छ।

अहिले त्यहाँका हेलिप्याडहरूमा झण्डा गाडेर अवरोध सिर्जना गरिएको छ यो अवस्थामा आपतकालीन अवतरण गर्नुपर्दा समेत ठाउँ छैन’विज्ञप्तिमा भनिएको ‘स्थानीय तथा युवाले सदस्य वायुसेवा कम्पनीहरूका जहाज अवतरण गरेको खण्डमा चालक दलका सदस्यलाई समेत कारबाही गर्ने अभिव्यक्ति दिइरहेका छन्।

यो अवस्थामा सुरक्षाका लागि भन्दै तत्कालका लागि संघले उडान रोक लगाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here