काठमाडौँ। चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले बताएकाे छ। चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको हाे ।
भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार त्यहाँको स्थानीय समय अनुसार ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।
यता यूएस जियोलोजिकल सर्भेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का नेपाल, भुटान र भारतमा पनि महशुस गरिएको
बताइएकाे छ ।























