काठमाडौं । नवलपरासीकाे बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा शितलहरका कारण सवारी आवागमन प्रभावित भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत खुर्सानी खाेलामा मंगलबार राति १ बजेतिर दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो ।
जसका कारण दुवैतर्फ २०० बढी सवारी साधन प्रभावित बनेका छन् ।
बाटो चिप्लो भएकाले मालबाहक गाडीहरु सञ्चालनमा कठिनाइ भइरहेको छ।