काठमाडौं । बजारमा माघे सक्रान्तिकाे किनमेल शुरु भइसकेकाे छ। माघ १ गते नेपालमा विभिन्न समुदायले याे पर्व लाई धुमधामका साथ मनाउने गर्छन् ।
माघे सक्रान्तिमा घिउ, चाकु, तरुल, सखरखण्ड तथा खिचडी खाने प्रचलन छ । पुस मसान्तका दिन उसिनेको तरुल माघ १ गते खाने चलन
रहिआएको छ ।
यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र आदि खाने र दान गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने विश्वास छ । यसले शरीरमा आवश्यक पोषक तत्व दिनुका साथै न्यानाे राख्न मदत गर्छ ।