शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले एक महिलासहित दुई जना सदस्य नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो । आवेदन दिन इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

यसका लागि अवधारणा पत्रसहितको पाँच वर्षको तीनदेखि पाँच हजार शब्दमा व्यवसायिक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा पेस गर्नुपर्नेछ ।

दरखास्त दिने व्यक्ति पछिल्ला दुई वर्षदेखि कुनै राजनीतिक दलमा आवद्ध नभएको, स्नातकोत्तर उपाधि हासिल गरेको, कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेको ४० पूरा भइ ६५ वर्ष नकटेको नेपाली नागरिक हुनुपर्नेछ ।

दुई जना सदस्यमध्ये हाल एक पद रिक्त छ भने एक पद रिक्त हुने अवस्थामा रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here