यस्ताे छ आजको मौसम, चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार बिहिबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली हुने छ।

बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ।

मौसम बिभागका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा,हिमपातकाे सम्भावना छ। त्यस्तै गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here