आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । कन्टेन्ट क्रियटर तथा सामाजिक अभियन्ता आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ। अभद्र व्यवहार कसुरमा पक्राउ परेकी उनलाई हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हाे।

बुधबार दिउँसो स्वयम्भू प्रहरीले पक्राउ गरी तामाङलाई गौशाला वृत्त पठाएको थियो। तामाङविरूद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाले जनाएको छ।

पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here