काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेशका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । देशका बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।
आज राति कर्णालीको हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली भइ एक/दुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ ।
त्यस्तै तराईका धेरै जिल्लामा हुस्सु र कुहिरो लागेकोले छ जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

























