विपिन जोशीको रिहाइमा सघाउन परराष्ट्रमन्त्री राणाकाे इजिप्टलाई आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।

टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा. राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् ।

अब्देल-अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने आश्वासन दिएका छन्।

साे अवसरमा गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले बधाई दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here