उकालाे लाग्याे सुन, यस्ताे छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १८७५ रुपैयाँ पुगेको छ ।