चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

काठमाडौं। चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ। आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले बताए । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here