टेलिकमको डाटा सेन्टर बनाउने ठेक्का हुवावेलाई

काठमाडौं। नेपाल टेलिकमको डाटा सेन्टरको भौतिक पुर्वाधारको ठेक्का चिनियाँ कम्पनी हुवावे पाएको छ । टेलिकमको काठमाडौं र भैरहवामा बन्‍ने डाटा सेन्टरकाे जिम्मा हुवावेलाई दिएकाे हाे ।

टेलिकमले दुवै ठाउँमा एकै किमिसको डाटा सेन्टरको भौतिक पुर्वाधारका लागि चिनियाँ कम्पनी हुवावेलाई छानेको सूचना आजको गोरखा पत्रमा सूचना निकालेको हाे।

हुवावेले ४८ करोड ४६ लाख ३८ हजार ७२१ रुपैयाँको डाटा सेन्टरको भौतिक पूर्वाधार बनाउने ठेक्का पाएको हो ।