काठमाडौं । शनिबार पश्चिमी वायूको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र गण्डकीमा सामान्य बदली देखिने छ र त्यस्तै देशका अन्य भूगोलमा मौसम मुख्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज मधेश र कोशी प्रदेशको तराई भू-भागमा शितलहर चलेको छ । यता गण्डकी र कोशीमा आंशिक बदली रहन सक्ने महाशाखाकाे अनुमान छ ।
























