काठमाडौं । सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मीका राजन रोकायाले चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धाको रुपमा रहेको हाफ म्याराथनमा पुरुषतर्फ राजन र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् । शनिबार भएको खेलमा दुवै विजेताले नगद १ लाख ५० हजार पुरस्कार ट्रफी प्राप्त गरे ।
दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । महिलातर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (१ घण्टा २२ मिनेट ५१ सेकेन्ड) दोश्रो तथा एपीएफकी पुष्पा भण्डारी (१ घण्टा २४ मिनेट २१ सेकेन्ड) तेश्रो भए । आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं भए ।
राजननले हाफको म्यारथनको निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ०६ मिनेट १० सेकेन्डमा पूरा गरे । राजन भन्दा ५ सेकेन्डले पछि रहेको आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्ड समयसहित दोस्रो र १ घण्टा ०६ मिनेट २० सेकेन्ड समयसाथ वाहोमका जुलियस मुरलुकी तेश्रो बने । यता आर्मीका मुकेशबहादुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।
पुरुष र महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।



























