काठमाडौं । तुलसीपुरस्थित एनएमबी बैङ्कको शाखामा चोरी गर्न बैंक छिरेका एक व्यक्ति पक्राउ प्रेक्ँ छन्् । आइतबार बिहान दुई बजे तुलसीपुर पमहानगरपालिका वडा नम्बर ५ क लाइनस्थित बैङ्कमा चोरी भइरहेको सूचना प्रहरीमा पुगेको थियो ।
इलाका प्रहरी कार्यालय प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तुलसीपुर १८ दुधरास का २७ वर्षका सन्तोष चौधरी बैङ्कको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरेकै अवस्थामा पक्राउ गरिएको हो । सोही क्रममा उनलाई प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
चौधरीको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेड लगायतका चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ।
साथै निज चौधरी सवार रा ५ प ९७९ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।