प्रम ओलिले भने ‘हाच्छ्यु गरेको देख्यो भने आइसियुकाे फाेटाे राख्छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई केही दिनअघि सामान्य रुघा खाेकि लागेकाे बताएका छन्।

आफूलाई रूघाखोकी लागे पनि अस्पतालको आइसियुमा बसेको फोटो सामाजिक सञ्जालमा राखेर भ्रम फैलाइएकोमा आपत्ति जनाए ।

उनले भने ‘मलाई रुघाखोकी मात्र लागेको हो,’हाच्छ्यु गरेको देख्यो भने आइसियु कक्षकमा बसेको फोटो आइहाल्छ । सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे भनेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here