काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ आज एक हजार चार सय रूपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।