महाकुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्याे

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

जसमध्ये २५ जनाको सनाखत भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भागदौडमा ६० जना घाइते भएका छन्। घटनापछि अमृत स्नान रद्द गरिएको छ ।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरिसकेका छन् ।

बुधबार मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान छ । मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएकोमा धेरै व्यक्तिको भिडमा कुल्चिएर ज्यान गएको हो ।

1 COMMENT

  1. […] उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने समिटमा अन्य देशका वक्ताहरु समेत छन् । देउवापक्षीय एक नेताका अनुसार भारत भ्रमणका क्रममा देउवाको दलका नेताहरुसँग संवाद हुने कार्यक्रम तय भएको छैन । महाकुम्भ मेलामा भागदौडका क्रममा मृत्… […]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here