शिक्षक महासंघले गर्याे चरणबद्ध आन्दोलनकाे घोषणा

काठमाडौं। नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । महासङ्घले माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा हिउँदे अधिवेसनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाउने महासंघले निर्णय गरेको छ ।

त्यस्तै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्ने निर्णय महासंघले गरेको छ।

साथै माघ ३० गते पालिका कार्यालयमा कालो पट्टी बाधेर खबरदारी जुलुस प्रदर्शन गर्ने

लगायतका आन्दोलनको घोषणा महासंघले गरेको छ । अध्यादेशमार्फत सरकारले शिक्षकलाई पनि सेवामा आधारित पेन्सनमा समावेश गरेपछि शिक्षकहरू आन्दोलित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here