अमेरिकामा संसदीय कार्यलयका कर्मचारीलाई डिपसिक प्रयोग नगर्न चेतावनी

काठमाडौं । अमेरिकी संसदले संसदीय कार्यालयका कर्मचारीलाई चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी डिपसिकको एप प्रयोग नगर्न चेतावनी दिएको छ।

संघीय संसदका प्रमुख प्रशासनिक अधिकारीले एक सूचना जारी गर्दै यस्ताे चेतावनी दिएकाे हाे।

खतरनाक तत्वले डिपसिकको दुरूपयोग गरेर उपकरण संक्रमित पार्न ‘मालवेयर’हरू पठाउन थालेको सो सूचनामा उल्लेख छ।
त्यसबाट वच्न संसदले जारी गरेका आधिकारिक फोन, ल्यापटप, ट्याबलेट लगायत सबै उपकरणमा डिपसिक बन्देज गर्ने सुरक्षा उपाय अवलम्बन गरिएको ती अधिकारीले जानकारी गराएका छन्।

केही समय अघि मात्रै सार्वजनिक गरिएको डिपसिकले अमेरिका, चीन र कतिपय युरोपेली देशमा एप्पल एपस्टोरबाट सबभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एपको सूचीमा च्याट जिपिटीलाई जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here