अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा शुक्रबार भएको विमान दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ।
हिजाे लियरजेट ५५ विमान चार माइल उडेपछि सहरमा खसेको थियो।
जहाजमा चार जना चालक दलका सदस्य एक जना बिरामी बालक र बालकको हेरचाहका लागि एक जना सवार थिए। शुक्रबार साँझ फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको विमान मिसौरीको स्प्रिङफिल्ड-ब्रान्सन विमानस्थल जाने क्रममा दुर्घटना भएको हाे।
लियरजेट ५५ मेडिकल विमान (एयर एम्बुलेन्स) भएको बताइएको छ।
भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विमान दुर्घटनाको भिडियाे यस्ताे छ।
Video Player
00:00
00:00