महिला टी-२०आई शृंखलामा नेपालकाे लगातार दोस्रो हार

काठमाडौं । काठमाडौंमा जारी महिला टी-२०आई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेपछि नेपालले हार बेहाेरेकाे हाे ।

थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले ६० रन बनाइन् । त्यस्तै सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएकाे थियाे । नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here