काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु कुमारी न्यौपाने छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको हो ।
उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाएको थियो । उपाध्यायको माघ १८गते हत्या भएको हो । उनको शव गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोटको सडकमा उपाध्याय मृत अवस्थामा फेला परेको हो । घटनाबारे सूचना पाएपछी जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी बस्यालसहितको टोली घटनास्थल गएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।