किताब खानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा, बयान शुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस मागेको आरोपमा उनी पक्राउ परेका थिए ।

उनलाई गत १४ पुसमा तीन लाख रुपैयाँ घुससहित पक्राउ गरिएको थियो । प्रसाईंमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here