भ्यालेण्टाईन दिवसको अवसरमा बुध्द एयरको माउण्टेन फ्लाईटमा उपहारै उपहार

काठमाडौं । १४ फेब्रअरीका दिन मनाईने प्रणय दिवसलाई थप स्मरणीय मनाउन बुध्द एयरले भ्यालेण्टाईन अफर ल्याएको छ । एकाबिहानै हुने पर्वतीय उडानमा एक टिकटमा अर्को पूरै छुट दिएको छ । यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ ।

पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

उडानमा जोडी यात्रुलाई चकलेट, गुलाफ फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउण्ट भाउचर दिईनेछ । यसैगरि गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरुका लागि डिस्काउण्ट भाउचर प्रदान गर्ने बुध्द एयरले जनाएको छ ।

५ जना जोडी यात्रुलाई चन्द्रागिरि केवलकारको आउजाउ टिकट उपलब्ध गराईनेछ । यस अफरको टिकट बुध्द एयरको काउण्टरबाट लिनसकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here