गोल्डेन ट्रेल वल्र्ड सिरिजको फाइनल अन्नपूर्ण क्षेत्रमा, विश्वभरका उत्कृष्ट माउन्टेन रनर आउँदै (भिडियोसहित)

काठमाडौं, २ कात्तिक । विश्व प्रसिद्ध शाहसिक दौड प्रतियोगिता गोल्डेन ट्रेलको फाइनल नेपालमा आयोजना हुने भएको छ ।

यूरोप र अमेरिकाका ६ प्रसिद्ध हिमालमा भएको प्रतियोगिताका उत्कष्ट १०\१० खेलाडी गोल्डेन ट्रेलको उपाधी दौडमा नेपाल आउन लागेका हुन् । ११ कात्तिकमा हुने यो प्रतियोगिताको फाइनल अन्नपूर्ण पदमार्ग क्षेत्रको मार्दी हिमाल पदमार्ग रुटमा आयोजनाको तयारी छ ।

४२ किलोमिटर लामो म्याराथनमा कूल सहभागिता भने १ सय ६० भन्दा बढी खेलाडीको हुने भएको छ । यहाँ अन्य विभिन्न इभेन्ट समेत आयोजना हुने भएको छ । नेपालकी प्रसिद्ध शाहसिक धाविका मिरा राई यस प्रतिस्पर्धाको सद्भावना दूत हुन् ।

तीन प्रकारका माउण्टेन दौड हुने यस इभेन्टमा ४२ किलोमिटरसहित ५५ र १ सय किलोमिटर लामो म्याराथनको आयोजनाको समेत योजना छ ।

यस प्रतियोगितामा ३५ मुलुकबाट २ सय ५० भन्दा बढी सहभागि हुनेछन् । यो गोल्डेन सिरिजको १४ औं इभेन्ट हो ।

प्रतियोगिता हिमालयन अपटाइम लिमिटेड हङकङ, ट्रेल एण्ड माउन्टेन लिमिटेड यूकेले आयोजना गरेका हुन् । नेपालमा ट्रेल रनिङ नेपालले सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here