नेपाल भ्रमण वर्षमा घुम्न आउने पर्यटकको स्वागत गर्न यसरी जुट्यो मुसहर बस्ती (फोटो फिचर)

काठमाडौं,कात्तिक २ । नेपाल भ्रमण वर्ष सन् २०२० नजिकिदै गर्दा नेपालमा यसको चहलपहल पनि बढेको छ । देशमा पर्यटक आगमन बढ्दो छ।

सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख नै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यो हासिल गर्न जुन रफ्तारमा लाग्नुपर्ने हो, त्यसमा सरकारको सँगै आ-आफ्नो स्थानमा पर्यटक तान्नकोे लागि स्थानियवासी हरुपनि जुटेका छन् ।

घुम्न आउने पर्यटकको स्वागत गर्न एकीकृत नमूना मुसहर बस्ती बर्दिबास महोत्तरीका मुसहर समुदाय पनि बस्ती सरसफाइको साथ श्रृङगार पटारमा लागेका छन् । सरकारले ‘नेपाल भ्रमण वर्ष, २०२०’ को पहिलो चरणको कार्यक्रम पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरेको थियो ।

तस्विर:राजकरन महतो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here