प्रहरीलाई कुटेको आरोपमा चार जना पक्राउ

काठमाडौं। तनहुँमा प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा ४ जना युवा पक्राउ परेका छन् । उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिटको आरोप छ ।

पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक प्रहरीले जनाएको छ ।

मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात गरिएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here