फेरि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजको मुल्य

फाइलफोटो

काठमाडौं । केही दिनदेखि लगातार बढेकाे सुनकाे भाउ आज पनि उकालो लागेको छ। सोमबार प्रतितोला १ हजार ४ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

यता मंगलबार चाँदीको मूल्य भने घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here