फेरि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजको मुल्य

काठमाडौं । केही दिनदेखि लगातार बढेकाे सुनकाे भाउ आज पनि उकालो लागेको छ। सोमबार प्रतितोला १ हजार ४ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

यता मंगलबार चाँदीको मूल्य भने घटेको छ।