दुई विमान एक आपसमा ठाेक्कियाे, एककाे मृत्यु ३ घाइते

काठमाडौं । अमेरिकामा एउटा निजी विमान अर्काे विमानमा ठोक्किएर दुर्घटना भएको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा स्थानीय समयअनुसार सोमबार दिउँसो विमान दुर्घटना भएको हाे। सीएनएनका अनुसार दुर्घटनामा परी हालसम्म १ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

अवतरण गर्ने क्रममा एक सानो जेट पार्किङ गरिराखेको अर्काे व्यवसायिक जेटमा ठोक्किएको हो ।

सीएनएनका अनुसार टेक्सासको अस्टिनबाट उडेको विमान दिउँसो करिब २ः४५ बजे स्कट्सडेल विमानस्थलमा अवतरण भएको थियो । ल्याण्डिङ गेयर फेल भएर दुर्घटना भएको विमानस्थलका उड्डयन योजना तथा आउटरिच संयोजक केली कुएस्टरले बताएका छन् ।

विमानस्थल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले पत्रकार सम्मेलनमा बताएअनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
यता अन्य दुई जना गम्भीर अवस्थामा छन् । एक जनाको अवस्था भने सामान्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here