प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक१५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।प्रतिपक्षी दलको अवरोधपछि बैठक स्थगित भएको हाे ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

आकस्मिक र शून्य समय सकिएपछि बाेल्न दिएकाे भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाए । साथै उनले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने बताए ।

यता उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिएकि थिइन् ।

सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here