काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् ।
यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । यसै सिलसिलामा इजरायलका प्रधानमन्त्रीले मंगलबार युद्ध विराम अन्त्यको चेतावनी दिएका हुन् ।
सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएकाे थियाे । सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो ।
केही दिनयता यो एकअर्काले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने क्रम चलिरहेकोमा हमासले बन्दी रिहा नगर्ने बताएको हाे। शनिबार थप इजरायली बन्दी रिहा गर्ने तयारी थियो ।