१३ वर्षीया बालिका जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा छन् ।

अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती गरेकाे बताइएकाे छ। साे सम्बन्धि उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here