काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ६ जनाको टोली खोजीमा लागेका छन् । सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको थियो । दुर्घटना हुँदा मोटरसाइकलमा सवार लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित राना त्रिशूलीमा खसेका हुन् ।