अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई आइसियुमा राखेर उपचार गरिदै

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई अस्पतालकाे आइसियुमा भर्ना गरिएको छ।

प्रारम्भिक मूल्याङ्गन अनुसार ५-६% जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने भएको किर्तिपुर अस्पतालले जानकारी दिएको छ।

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हाे ।

उपचारमा प्राध्यापक डा. वि.डी झा र डा. प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली, प्राध्यापक डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञको टोली, डा. प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली खटिएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवै जनाको उपचार भइरहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here