काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । अमेरिका, क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिन्धुपालचोकको बाह्रबिसे नगरपालिका– ७ का ४१ वर्षीय गणेशबहादुर थापा, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ४ काफ्लेचोकका ३९ वर्षीय दिनेशप्रसाद अधिकारी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका– ३ का दिनेश अधिकारी पक्राउ परेका हुन् ।
प्रहरीले उनिहरुलाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।
दिनेश अधिकारी बिरुद्ध एक युवकलाई अमेरिका पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार रुपैयाँ ठगेको उजुरी परेको छ । यस्तै, गणेशबहादुर थापा र दिनेशप्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनाबाट ७१ लाख ७० हजार रुपैयाँ ठगेको प्रहरीमा परेको छ ।
उनिहरु पैसा लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।

























