तोलामा १२ सय रुपैयाँ बढ्याे सुनकाे भाउ

काठमाडौं । सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सुन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here